Thursday, June 4, 2026
Homeमुख्य समाचारजहाज दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय आयाेग गठन, भोलि राष्ट्रिय झण्डा आधा...

जहाज दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय आयाेग गठन, भोलि राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौं: सरकारले सौर्य एयरलाइन्सको विमान दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषद्को आकस्मिक बैठकले रतिशचन्द्र लाल सुमनको नेतृत्वमा ५ सदस्यीय आयोग गठन गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए। आयोगलाई ४५ दिनको म्याद दिइएको उनले बताए।

आगामी दिन यस्ता दुर्घटना हुन नदिन आवश्यक सुझाव समितिको प्रतिवेदन दिन आयोग गठन गरिएको उनको भनाइ छ। त्यस्तै आगामी दिनमा हवाइ दुर्घटना हुन नदिन आन्तरिक तर्फका सवै बायुसेवा कम्पनीहरुले जहाजको अनिवार्य परीक्षण गर्ने र नागरिक उड्ययन प्राधिकरणले सघन अनुगमन गर्नुपर्ने निर्णय गरेको छ।

बैठकले बिमान दुर्घटनाप्रति स्तव्ध भएको भन्दै मृतकप्रति श्रद्धान्जली व्यक्त गर्दै शोकाकुल परिवारप्रति गहिरो समवेदना प्रकट गरेको छ भने बिमान चालकको शिघ्र स्वास्थ्यलाभको कामना गरेको प्रवक्ता गुरुङले जानकारी दिए। बैठकले जहाज दुर्घटनाको शोकमा बिहीबार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय पनि गरेको उनले बताए।

बुधबार विहान काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका