Sunday, November 8, 2026
Homeसामाचारजलस्रोत तथा सिँचाइ विभागको महानिर्देशकमा मित्र बराल नियुक्त

जलस्रोत तथा सिँचाइ विभागको महानिर्देशकमा मित्र बराल नियुक्त

काठमाडौँ— ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जलस्रोत तथा सिँचाइ विभागको ३०औँ महानिर्देशकको जिम्मेवारी मित्र बराललाई दिएको छ। बरालले आइतबार पदबहाली गर्दै औपचारिक रूपमा कार्यभार सम्हाल्नुभएको हो।

इञ्जिनियर बरालले आफ्नो सेवा जीवन नेपाल टेलिकममा बिल्डिङ कन्स्ट्रक्सन इञ्जिनियरको रूपमा सुरु गर्नुभएको थियो। उहाँले २०५१ सालदेखि जलस्रोत तथा सिँचाइ विभागमा सेवा सम्हाल्न थालेका बराल विभागअन्तर्गतका विभिन्न ठूला सिँचाइ आयोजनामा काम गर्दै आएको अनुभव बोकेका विज्ञ हुन्। उहाँको यस क्षेत्रमा ३१ वर्षभन्दा बढीको कार्य अनुभव छ।

पदभार ग्रहण गर्दै नवनियुक्त महानिर्देशक बरालले विभागीय कर्मचारीलाई जिम्मेवारीपूर्वक, परिणाममुखी र समयमै आयोजना सम्पन्न गर्ने शैलीमा काम गर्न निर्देशन दिनुभयो। उहाँले भनुभयो, “हामीसँग आवश्यक पूँजी, दक्ष जनशक्ति, सूचना प्रविधि, यातायात सुविधा र अत्याधुनिक प्रविधिसहित परियोजनाहरू छ। यस्तो अवस्थामा आयोजना ढिलो हुने कुनै बहाना मान्य हुँदैन। समयमै नतिजा देखिने काम गर्नुपर्छ।”

महानिर्देशक बरालको नेतृत्वमा विभागले आगामी दिनमा अझ प्रभावकारी र द्रुतगतिमा सिँचाइ तथा जलस्रोतका परियोजना सम्पन्न गर्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका