Sunday, May 3, 2026
Homeअन्तराष्ट्रियजर्मनीबाट ५,००० अमेरिकी सेना फिर्ता: ट्रम्प–मर्ज विवादपछि नयाँ तनाव

जर्मनीबाट ५,००० अमेरिकी सेना फिर्ता: ट्रम्प–मर्ज विवादपछि नयाँ तनाव

काठमाडौं । संयुक्त राज्य अमेरिका ले जर्मनी बाट करिब ५,००० सेना फिर्ता बोलाउने निर्णय गरेको छ। अमेरिकी रक्षा विभागका अनुसार यो प्रक्रिया आगामी ६ देखि १२ महिनाभित्र पूरा हुनेछ।

यो निर्णय डोनाल्ड ट्रम्पफ्रेडरिक मर्ज बीच भएको सार्वजनिक वाकयुद्धपछि आएको हो। गत महिना आयोजित एक कार्यक्रममा मर्जले अमेरिकासँग स्पष्ट रणनीतिक योजना नभएको टिप्पणी गरेका थिए। उनले इरान सँगको वार्तामा अमेरिका प्रभावहीन देखिएको आरोपसमेत लगाए।

मर्जको उक्त अभिव्यक्तिपछि ट्रम्पले कडा प्रतिक्रिया जनाउँदै उनलाई “वास्तविकता नबुझेको” आरोप लगाए।

बीबीसी का अनुसार डिसेम्बरसम्म जर्मनीमा ३६,००० भन्दा बढी अमेरिकी सेना तैनाथ थिए, जुन जापान पछि दोस्रो ठूलो संख्या हो। जापानमा करिब ५५,००० अमेरिकी सेना रहेका छन्।

यस्तै, इटाली मा करिब १२,००० र बेलायत मा झन्डै १०,००० अमेरिकी सेना तैनाथ छन्। जर्मनीस्थित सैन्य अड्डाहरू लामो समयदेखि युरोपमा अमेरिकाको रणनीतिक उपस्थितिको केन्द्र मानिँदै आएका छन्।

यसैबीच, इरान मुद्दालाई लिएर अमेरिका र युरोपेली देशहरूबीच तनाव बढ्दो अवस्थामा छ। युरोपेली मुलुकहरूले इरानविरुद्धको सम्भावित सैन्य कारबाहीमा ट्रम्प प्रशासनलाई समर्थन गर्न अस्वीकार गर्दै आएका छन्।

ट्रम्पले युरोपेली देशहरूलाई आलोचना गर्दै उनीहरूलाई “कागजी बाघ” को संज्ञा दिएका छन्। साथै, उनले इटाली र स्पेन बाट समेत सेना फिर्ता बोलाउने संकेत दिएका छन्।

यस घटनाक्रमले नाटो भित्रको एकता कमजोर हुने संकेत देखाएको छ र ट्रान्स-अटलान्टिक सम्बन्धमा नयाँ चुनौती थपिएको विश्लेषण गरिएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका