Sunday, April 19, 2026
Homeविचित्र संसारजब युवतीले बिक्रिमा राखिन् आफ्नै लोग्ने !

जब युवतीले बिक्रिमा राखिन् आफ्नै लोग्ने !

रिसको झोँकमा मानिसले के सम्म गर्दैन ! न्युजिल्याण्डमा एक युवतीले आफ्नै लोग्नेलाई बिक्रि गर्नका लागि अनलाइनमा लिलामीमा राखिन् ।

घरमा सल्लाह नगरीकनै सधै एक्लै घुम्न निस्कने आफ्नो पतिदेवमाथि रिस पोख्नका लागि ती महिलाले लोग्नेलाई अनलाइन लिलामीमा राखेकी हुन् ।

बच्चाको स्कुल विदा भएको समयमा पत्नी र बच्चालाई घरमै छाडेर एक्लै माछा मार्ने रमाइलो सहितको घुमफिरमा निस्किएपछि ती पुरुष आफ्नै पत्नीद्धारा
झण्डै बिक्रि भएका थिए ।

आफ्नै पतिलाई अनलाइन बिक्रिमा राख्ने ती महिलाको नाम लिन्डा म्याक एलिस्टर हो । उनले आफ्नो पति जोन म्याक एलिस्टरलाई अनलाइन किनमेल गर्ने साइटमा लिलामीमा राखिन् ।

पतिका यसअघि पनि धेरैजना मालिक रहेको भन्दै यदि राम्रो खानपिन गराएमा इमान्दार रहने उल्लेख छ । त्यस्तै बिक्रिमा रहेको आफ्नो लोग्नेको विवरणमा प्रयोग भैसकेको उल्लेख गरेकी छिन् ।

सन् २०१९ मा बिहे गरेका लिन्डा र जोनका दुईजना छोरा छन् । तर पत्नी र छोराहरुको उनलाई मतलबै नभएको गुनासो लिन्डाको छ ।

पति बिक्रिमा शीर्षकमा उनले राखेको अनलाइन लिलामीमा खरीदकर्तासम्म नि:शुल्क रुपमा लोग्ने डेलिभरी गरिदिने उल्लेख छ ।

२५ डलर सुरुवाती मूल्य राखिएको जोनको लिलामीमा १२ जनाले बोली लगाए र सबैभन्दा बढी बोली लगाउनेले १ सय डलर तिर्न तयार भए । तर धन्न जोन
म्याएलिस्टर १ सय डलरमा बिक्रि हुनु परेन ।

पछि पतिसँगको समझदारीमा लिन्डाले अनलाइनबाट उक्त विज्ञापन हटाइन्। एजेन्सीको सहयोगमा

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका