Saturday, November 7, 2026
Homeसामाचारजनकपुरधाममा ई–रिक्सा सञ्चालनमा कडाइ, दर्ता नभएकालाई प्रवेश निषेध

जनकपुरधाममा ई–रिक्सा सञ्चालनमा कडाइ, दर्ता नभएकालाई प्रवेश निषेध

जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाले नगर क्षेत्रमा ई–रिक्सा सञ्चालनमा कडाइ गरेको छ । आइतबारदेखि उपमहानगरपालिकामा दर्ता भएका ई–रिक्साबाहेक अन्य स्थानमा दर्ता भएका ई–रिक्सालाई नगरभित्र सञ्चालन गर्न नदिने नियम लागू गरिएको हो ।

उपमहानगरपालिकाले धनुषा ट्राफिक प्रहरी कार्यालयको सहयोगमा नगर प्रहरी परिचालन गर्दै अन्य ठाउँमा दर्ता भएका ई–रिक्सालाई जनकपुरधाम प्रवेश तथा सञ्चालनमा निषेध गरेको छ ।

जनकपुरधामका सडकमा ई–रिक्साको संख्या अत्यधिक बढ्दा पैदलयात्री तथा अन्य सवारी साधनलाई समस्या परेको भन्दै त्यसलाई नियन्त्रण गर्न यो कदम चालिएको जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले जानकारी दिए ।

मेयर साहका अनुसार आइतबारदेखि विभिन्न चोक–चोकमा माइकिङ गर्दै दर्ता नभएका टेम्पु तथा ई–रिक्सालाई परिक्रमा सडक र भित्री सडक क्षेत्रमा प्रवेश निषेध गरिएको जानकारी गराइँदैछ । उपमहानगरपालिकाको निर्देशन विपरीत नगरभित्र प्रवेश गर्ने ई–रिक्सालाई २०० रुपैयाँ जरिवाना गरिने उनले बताए ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका