Wednesday, May 6, 2026
Homeमनोरन्जनछोराको नाम सार्वजनिक गर्दै ऋचा लेख्छिन्- ‘असल मान्छे बनाउन सकुँ’

छोराको नाम सार्वजनिक गर्दै ऋचा लेख्छिन्- ‘असल मान्छे बनाउन सकुँ’

अभिनेत्री ऋचा शर्माले छोराको नाम आभ्यान बिक्रम राणा राखेको जानकारी दिएकी छन् । बुधवार पहिलो सन्तानको रुपमा छोरालाई जन्म दिएकी शर्माले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै छोरोको नाम सार्वजनिक गरेकी हुन् ।

उनले छोरालाई पुरुष मात्र नभएर असल मान्छे बनाउने लोभ आफुमा रहेको समेत खुलाएकी छन् । श्रीमान् र नवजात शिशु  सहितको तस्बिर पोष्ट गर्दै उनले लेखेकी छन्– ‘एउटा असल आमा जो एउटा दरिलो साथी पनि बन्न सकोस् र छोरालाई पुरुष मात्र नभएर असल मान्छे बनाउन सकुँ भन्ने मात्र लोभ छ अब ।’

आज धेरै कुराहरु लेख्छु भनेर उनले सुरु गरेको स्टाटसमा भनेकी छन्– ‘यो ९ महिनाको मनोवाद सब पोख्छु भनेर सोचिरहेको थिए । तर आज शब्दको अभाव महशुस भइरहेको छ, भावनालाई कसरी बुनुम भइरहेको छ । हिजोसम्म आफै केटाकेटी छु जस्तै लागिरहेको थियो । आज एकाएक परिपक्व भएको झै आभास भइरहेको छ ।’

‘सोच्दा पनि पृथिवी बोके झै लाग्छ, आज मलाई आमा भन्ने कोही खासको आगमन भएको छ’ उनले अगाडि थपेकी छन् ‘अनेक कुराहरु मनमा खेलिरहेका छन् । उत्सुकता, अस्थिरता, हर्ष, पीर, डर, दृढता, संकल्पहरुको बाढ़ी मनभित्र चलिरहेको छ । पर्दामा अनेक भूमिका निभाउँदा निभाउँदै आज पर्दा बाहिर आमा बन्ने सौभाग्य पाउँदा, यो जत्तिको महत्वपूर्ण र न्यानो चरित्र सा

जीवनमा आजसम्म के कति कमाए लेखा–जोखा नभएको बताएकी उनले सन्तानको आगमनसँगै आफु जत्तिको धनी मान्छे कोही छैन भन्ने लागेको समेत लेखकी छन् । २०७६ मंसिर २१ गते दिपेक्ष राणासँग प्रेम विवाह गरेकी शर्मा पछिल्लो समय ‘कमेडी च्याम्पियन २’ मा जजको भूमिका निर्वाह गर्दै आएकी थिइन् । सन्तान जन्माउने दिन नजिकिएपछि उनले गत साताा ‘कमेडी च्याम्पियन’ बाट बिदा लिएकी हुन् । कमेडी च्याम्पियनको अब हुने फाइनलमा उनी देखिने छैनन् ।

यद मैले कहिले निर्वाह गर्ने मौका पाएको थिइन ।’

रातोपाटीबाट

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका