Monday, November 2, 2026
Homeसामाचारछोचेन खोलाको इम्प्याक्ट क्रेटर वरपर हिमचट्टान भत्किने जोखिम कायमै

छोचेन खोलाको इम्प्याक्ट क्रेटर वरपर हिमचट्टान भत्किने जोखिम कायमै

काठमाडौं । चीनको छोचेन खोलास्थित इम्प्याक्ट क्रेटर (प्रभाव क्षेत्र वा खाडल) वरपर रहेका हिमचट्टान अझै भत्किन सक्ने जोखिम रहेको चिनियाँ जलस्रोत मन्त्रालयले जनाएको छ। यसबाट तल्लो तटीय क्षेत्रमा थप जोखिम निम्तिन सक्ने भन्दै मन्त्रालयले उच्च सतर्कता अपनाउन चेतावनी दिएको छ।

चिनियाँ सरकारी सञ्चारमाध्यम सीसीटीभी न्युजले जलस्रोत मन्त्रालयलाई उद्धृत गर्दै मंगलबार यस्तो विवरण सार्वजनिक गरेको हो।

मन्त्रालयका अनुसार चीनको सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रको ग्यिरोङ (केरुङ) काउन्टीमा आएको लेदोसहितको बाढीबाट उत्पन्न जोखिमको निरन्तर मूल्याङ्कन गर्न अनुगमन तथा प्राविधिक परामर्शलाई तीव्रता दिइएको छ।

पछिल्लो रिमोट सेन्सिङ तस्वीरको तुलनात्मक विश्लेषणअनुसार ग्यिरोङ साङ्पो नदी बेसिनमा यसअघि पहिचान गरिएका १४ वटा हिमतालको जलसतहमा उल्लेखनीय परिवर्तन देखिएको छैन। ती हिमताल हाल समग्रमा स्थिर अवस्थामा रहेको मन्त्रालयले जनाएको छ।

मंगलबार बिहान नेपाली समयअनुसार ५:४५ बजे खिचिएको ड्रोन तस्वीरअनुसार छोचेन खोलाको क्रेटरमा जम्मा भएको अधिकांश पानी बगेर निकास भइसकेको छ। तल्लो क्षेत्रमा नदीको बहावसमेत हाल सामान्य अवस्थामा रहेको जनाइएको छ।

यद्यपि, क्रेटर वरपर रहेका हिमनदी तथा हिमखण्ड अझै भत्किन सक्ने जोखिम कायमै रहेकाले तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउनुपर्ने मन्त्रालयले जनाएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका