Sunday, April 19, 2026
Homeकला/साहित्यछिन्नलता गीत पुरस्कार वरिष्ठ गीतकार राजेन्द्र रिजाललाई

छिन्नलता गीत पुरस्कार वरिष्ठ गीतकार राजेन्द्र रिजाललाई

कीर्तिपुर (काठमाडौँ), २३ असार: यस वर्षको छिन्नलता गीत पुरस्कार वरिष्ठ गीतकार राजेन्द्र रिजाललाई प्रदान गरिएको छ। छिन्नलता गीत पुरस्कार गुठीद्वारा आयोजित विशेष समारोहमा संघीय संसद्का सभामुख देवराज घिमिरेले रिजाललाई सम्मानपत्र र नगद एक लाख रुपैयाँसहित पुरस्कार प्रदान गर्नुभयो।

यस्तै, सङ्गीततर्फको छिन्नलता पुरस्कार रु एक लाखसहित संगीतकार आभास (अच्युतप्रसाद फुयाल) लाई प्रदान गरिएको छ भने गायनतर्फको रु एक लाख राशिको पुरस्कार गायक रामभक्त जोजिजु र इतु जोजिजुलाई संयुक्त रूपमा प्रदान गरिएको छ।

त्यस्तै, युवा प्रतिभातर्फको छिन्नलता पुरस्कार गायक एसडी योगीले प्राप्त गरेका छन्। यो पुरस्कारको राशी रु ५० हजार रहेको छ।

सो अवसरमा सभामुख घिमिरेले राष्ट्रिय भावना झल्काउने सिर्जनाहरू छिन्नलता पुरस्कारको विशेषता भएको उल्लेख गर्नुभयो। पुरस्कार प्राप्त गीतकार राजेन्द्र रिजालले यस सम्मानले आफूलाई अझ सिर्जनशील बन्ने प्रेरणा मिलेको प्रतिक्रिया दिनुभयो।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका