Friday, July 17, 2026
Homeमुख्य समाचारचुनावमा काठमाडौँ छाड्नेको लर्को, तस्बिरहरू हेर्नुहोस्

चुनावमा काठमाडौँ छाड्नेको लर्को, तस्बिरहरू हेर्नुहोस्

वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि काठमाडौँ छाडेर घर जानेहरूको लर्को लागेको छ ।  विशेष गरी काठमाडौँबाट छिमेकी जिल्लाहरूमा जाने मानिसहरू धमाधम गाउँ फर्किन थालेका हुन् ।

काठमाडौँको बालाजु, बल्खु, कलङ्की लगायतका ठाउँमा पनि बसको टिकट काट्नेहरूको लाम देख्न सकिन्छ । ५ वर्षपछि स्थानीय तहको निर्वाचनमा भोट हाल्न जाने मतदाताहरू उत्साहित देखिन्छन् । गाउँ फर्किनेहरूको सङ्ख्या बढिरहेकोले सवारीहरूमा सर्वसाधारण खचाखच भरिएका छन् ।

ट्राफिक प्रहरीका अनुसार हिजोमात्र ५९ हजारले काठमाडौँ छाडेको र आज सो सङ्ख्या थप बढ्ने छ । यता काठमाडौँका सडकमा भने विगतको भन्दा कम सवारी देखिएका छन् । आजदेखि मौन अवधि सुरु भएसँगै दलीय प्रचारप्रसार पनि बन्द भएको छ । हेर्नुहोस् फोटोपत्रकार सुवास श्रेष्ठले कैद गरेका तस्बिरहरू :

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका