चितवन । गौरबाट काठमाडौँतर्फ गइरहेको यात्रुवाहक बस आज बिहान भरतपुर महानगरपालिका–९ टिकौली जङ्गलमा दुर्घटनाग्रस्त हुँदा ३३ जना घाइते भएका छन् ।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार घाइतेहरूलाई तत्काल उद्धार गरी चितवन मेडिकल कलेज, नेशनल सिटी अस्पताल र भरतपुर अस्पतालमा उपचारका लागि पठाइएको छ । सबै घाइतेहरूको अवस्था सामान्य रहेको उनले जानकारी दिए ।
दुर्घटनापछि केही समय अवरुद्ध भएको सडक अहिले सञ्चालनमा आएको छ ।


