Sunday, November 8, 2026
Homeसामाचारचितवनमा दैनिक ६ घण्टासम्म लोडसेडिङ, प्राधिकरणले तालिका सार्वजनिक गर्‍यो

चितवनमा दैनिक ६ घण्टासम्म लोडसेडिङ, प्राधिकरणले तालिका सार्वजनिक गर्‍यो

चितवन — नेपाल विद्युत् प्राधिकरणले चितवनका विभिन्न स्थानमा आइतबारदेखि दैनिक ६ घण्टासम्म लोडसेडिङ हुने जानकारी दिएको छ। शनिबार सार्वजनिक गरिएको तालिकाअनुसार, प्रसारण लाइनको क्षमता नपुगेका कारण मागअनुसार विद्युत् आपूर्ति गर्न नसकिने भएपछि प्राधिकरणले लोडसेडिङको तालिका सार्वजनिक गरेको हो।

चनौली वितरण केन्द्रमार्फत जारी तालिकाअनुसार चितवनका विभिन्न क्षेत्रहरूमा निश्चित समयमा विद्युत् कटौती हुनेछ। पछिल्लो समय देशभर विभिन्न स्थानमा अचानक विद्युत् अवरोध बढ्दो देखिएको छ। प्राधिकरणले नागरिकलाई समयमै जानकारी दिएर वैकल्पिक व्यवस्था गर्न सजिलो होस् भन्ने उद्देश्यले तालिका सार्वजनिक गरेको जनाएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका