Sunday, November 8, 2026
Homeसामाचार‘चिकित्सकको सेवा सुविधाका लागि सरकार गम्भीर भएन’ :उपसभापति गुरुङ

‘चिकित्सकको सेवा सुविधाका लागि सरकार गम्भीर भएन’ :उपसभापति गुरुङ

काठमाडौँ– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले अर्थतन्त्र सबल बनाएर मात्र चिकित्सकका माग पूरा गर्न सकिने बताउनुभएको छ।

प्रजातन्त्रवादी चिकित्सक सङ्घको वार्षिक भेलाका अवसरमा शुक्रबार काठमाडौँमा आयोजित ‘स्वास्थ्य सेवा, पार्टी नेतृत्व र राष्ट्रिय प्रगतिका लागि एकीकृत कदम’ विचार गोष्ठीलाई सम्बोधन गर्दै गुरुङले चिकित्सकको सेवा–सुविधा सुनिश्चित गर्न सरकार गम्भीर हुनुपर्नेमा जोड दिनुभयो।

“सेवा सुविधा बढाउने कुरा अर्थतन्त्रसँग प्रत्यक्ष जोडिन्छ। देशको अर्थतन्त्र वृद्धिका लागि धेरै क्षेत्र छन्, ती क्षेत्रलाई उपयोग गरी चिकित्सकको सेवा सुविधा बढाउनुपर्छ,” उहाँले भन्नुभयो।

पूर्वमन्त्रीसमेत रहेका गुरुङले घरेलु मदिरालगायतका क्षेत्रलाई कर दायरामा ल्याउन सकिएको खण्डमा बजेटमा करिब ६ खर्ब रुपैयाँ थप गर्न सकिने दाबी गर्नुभयो। आफू कानुनमन्त्री हुँदा पटक–पटक प्रयास गरे पनि सो कदम सफल नभएको स्मरण गर्दै उहाँले कर प्रणालीलाई मजबुत बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका