Wednesday, June 3, 2026
Homeदेश र प्रदेशघर-घर पुगेर गर्भवतीलाई कोसेली

घर-घर पुगेर गर्भवतीलाई कोसेली

साँफेबगर नगरपालिकाकामा नगर उपप्रमुख कोसेली कार्यक्रम सञ्चालन भएको छ । उपमेयर विर्मलादेवि वुड्थापाले उक्त कार्यक्रमबाट घरघर पुगेर गर्भवतीलाई कोसेली दिएकी छन् ।  १४ वडाका ३ सय ३८ जना गर्भवतीलाई कोसेली दिइएको हो ।

उनका अनुसार हरेक गर्भवतीलाई १ क्रेट अण्डा, १ थान कम्बल, २ लिटर तेल, कोल्केट, व्रस, साबुन, मास्क र  एक प्याकेट नुन दिइएको हो । ​गर्भवतीका लागि पोष्टिक आहार लिएर घर आँगनमै आउनु खुसी भएको साँफेबगर नगरपालिका-४ मष्टमाडौंकी सरिता भुलले बताइन् । गर्भावस्थामा महिलाका लागि कोसेली लिएर घरमा आउँदा स्थानीय सरकारको महसुस भएको उनको भनाइ छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका