Wednesday, May 6, 2026
Homeसामाचारगोल्छा र भट्टको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ

गोल्छा र भट्टको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष तथा उद्योगी शेखर गोल्छा र व्यवसायी दीपक भट्टको बन्दी प्रत्यक्षीकरण रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।

गोल्छाको रिट सर्वोच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको संयुक्त इजलासमा सुनुवाइका लागि पेश भएको छ। उनलाई हाजिर जमानीमा रिहा गर्ने वा थुनामै राखेर अनुसन्धान अघि बढाउने भन्ने विषयमा आजै निर्णय आउने अपेक्षा गरिएको छ।

यसअघि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को हिरासतमा रहेका गोल्छासम्बन्धी रिटमा सर्वोच्च अदालतले २४ घण्टाभित्र उपस्थित गराउन आदेश दिएको थियो। न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले उक्त आदेश जारी गर्दै बन्दीसहित लिखित जवाफ पेश गर्न विपक्षीहरूलाई निर्देशन दिएको थियो। उक्त रिट गोल्छाकी पत्नी सीमा गोल्छाले दायर गरेकी हुन्।

यता, व्यवसायी दीपक भट्टको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासमा सुनुवाइका लागि तोकिएको छ। यो रिटमा आज पहिलो सुनुवाइ हुँदैछ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोपमा पक्राउ परेका भट्टलाई सीआईबीले हिरासतमा राखेको छ। नेपाल धितोपत्र बोर्डले तयार पारेको प्रारम्भिक जाँचबुझ प्रतिवेदनमा उनको नाम जोडिएपछि उनलाई अनुसन्धानका लागि पक्राउ गरिएको हो। शंकास्पद कारोबारमार्फत अवैध सम्पत्ति आर्जन गरेको आरोपमा भट्टलाई गत चैत १९ गते काठमाडौँको नक्सालबाट पक्राउ गरिएको थियो।

हाल उनलाई काठमाडौँ जिल्ला अदालतबाट थुनामा राख्ने म्याद अनुमति लिएर सीआईबी हिरासतमा राखी अनुसन्धान अघि बढाइएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका