काठमाडौँ, १७ भदौ । गोरखाको अजिरकोट गाउँपालिका–३ हंशपुर केन्द्रबिन्दु भएर आज बिहान ६ः१५ बजे ४ रेक्टरस्केलको भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार भूकम्पको केन्द्र गोरखा अजिरकोट–३ हंशपुर आसपासमा रहेको हो ।
यसअघि भदौ १ गते रामेछापको हेलम्चो आसपास केन्द्रबिन्दु भएर पनि ४ रेक्टरस्केलको भूकम्प गएको थियो । हाल नेपालमा ससाना भूकम्प जाने क्रम निरन्तर रहेको छ । हिमालयन भू–भाग भएकाले नेपाललाई भूकम्प जोखिमयुक्त क्षेत्रका रूपमा लिइन्छ ।


