२५ चैत, काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले गैर-सांसद अधिवक्ता गोविन्द बन्दीलाई मंत्रीबनाएका छन्। बन्दीलाई उनले कानुनमन्त्री नियुक्त गर्न सिफारिस गरेका छन् । संविधानको धारा ७८अनुसार प्रधानमन्त्रीको सिफारिसमा गैर-सांसदलाई राष्ट्रपतिले मन्त्री नियुक्त गर्न सक्ने प्रावधान छ। तरयसरी नियुक्त भएको मन्त्रीले सपथ लिएको ६ महिनाभित्र संघीय संसदको सदस्यता लिनुपर्छ । अन्यथामन्त्री पद स्वत: खारेज हुन्छ ।
वर्तमान कानुन मंत्री दिलेन्द्र बडूलाई उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी सुम्पीबन्दीलाई कानुनमन्त्री बनाउने प्रधानमन्त्रीको तयारी रहेको बुझिएको छ। उद्योग बाणिज्य तथा आपूर्तिमन्त्रालय लामो समयदेखि प्रधानमन्त्री आफैले राखेका छन्। देउवाले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराका जेठान गजेन्द्र हमाललाई गत साउन २२ गरे नियुक्त गरेका थिए तर चौतर्फी चर्को विरोधभएपछि हमालले मंत्री बनेको केही दिनमा नै राजीनामा दिएका थिए। हामालको राजीनामापश्चात उक्तमन्त्रालय प्रधानमन्त्री देउवासंगै छ।
रमाइलो कुरा त के छ भने, भूतपुर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेरका जेठान गजेन्द्र हमाल मंत्री बन्दा, गैर- सांसद मंत्री बने भनेर उनको विरुद्ध बहस यिनै बन्दीलेगरेका थिए तर आफै गैर- सांसद मंत्री बनेका छन्। मौकामा चौका हान्न पाए नैतिकता भन्ने कुरा हराउने रहेछ भनी आलोचना समेत हुन थालेको छ।


