Sunday, November 8, 2026
Homeसामाचारगुल्मीमा बाढीपहिरो, कालीगण्डकी करिडोर र रिडी–वामीटक्सार सडक अवरुद्ध

गुल्मीमा बाढीपहिरो, कालीगण्डकी करिडोर र रिडी–वामीटक्सार सडक अवरुद्ध

गुल्मी, १३ भदौः निरन्तरको वर्षापछि जिल्लाका प्रमुख दुई सडकखण्ड बाढीपहिरोका कारण अवरुद्ध भएका छन् । कालीगण्डकी करिडोर सडकअन्तर्गत कालीगण्डकी गाउँपालिका–२ राक्सेमा पहिरो खस्दा आज बिहानदेखि सडक पूर्णरूपमा बन्द भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यसैगरी, सत्यवती गाउँपालिका–६ मा डहरे खोलामा आएको बाढीका कारण रिडी–वामीटक्सार सडकखण्ड पनि बिहानैदेखि अवरुद्ध भएको छ । प्रहरी निरीक्षक भूपेन्द्र थापाका अनुसार लगातारको वर्षाले दुवै सडक खण्ड बिहीवार साँझ एकतर्फी खुले पनि फेरि पूर्ण रूपमा बन्द भएका छन् ।

वर्षा अझै जारी रहँदा माथिबाट पहिरो खस्ने क्रम नरोकिएकाले तत्काल यातायात सञ्चालन गर्न कठिन भएको उनले बताए । सडक सञ्चालनका लागि आवश्यक उपकरणसहित सुरक्षाकर्मी परिचालन भइसकेको र सडक यथाशीघ्र सञ्चालनमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका