Thursday, April 30, 2026
Homeसामाचारगर्मीमा उत्तम गन्तव्य सुदुरको ‘गाँजरी झरना’

गर्मीमा उत्तम गन्तव्य सुदुरको ‘गाँजरी झरना’

सुदूपश्चिम एउटा भर्जिन गन्तव्य हो । हाल मानिसहरू एकै ठाउँमा दोहोर्याएर जानु भन्दा फरक फरक स्थानको भ्रमण गर्न रुचाउँछन् । नयाँ गन्तव्यको रस स्वादन गर्न इच्छुकको लागी भर्जिन गन्तव्य बन्न सक्छ सुदुरको गाँजरी झरना ।

वरिपरि शान्त, सुन्दर र हरियाली जंगल का बीच आफ्नो छुट्टै अस्तित्व बनाएको छ यस झरनाले ।यस झरना सम्म साईकल ट्रेल र पदमार्गको बनाउने योजना गोदावरी नगरपालिकाले गरेको छ ।

लगभग १५ मिटर लामो यो झरनाको मजा सँगै आगन्तुकले अन्य साना ठूला २-३ वटा झरनाको पनि अवलोकन गर्न सक्नेछन् ।

धनगढी ,अत्तरिया नजिकका आगन्तुकहरु विशेष रूपमा यस झरनामा पुगेर गर्मी भुलाउने गर्दछन् । तर अहिले बर्सातको मौसममा बाटो खराब हुने हुँदा मुस्किलले केही मानिसहरू मात्र झरना सम्म पुग्ने गरेको स्थानीय बताउँछन् ।

 

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका