Friday, April 17, 2026
Homeदेश र प्रदेशगण्डकी प्रदेशमा मुख्यमन्त्रीको लागि दाबी पेश गर्न आह्वान : २४ घण्टाको समय

गण्डकी प्रदेशमा मुख्यमन्त्रीको लागि दाबी पेश गर्न आह्वान : २४ घण्टाको समय

पोखरा : गण्डकी प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्री नियुक्तिको लागि आह्वान गरेको छ ।

बिहीबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशसभाबाट विश्वासको मत लिन नसकेपछि शुक्रबार प्रदेशसभा सदस्यलाई गण्डकी प्रदेश प्रमुख सिता पौडेलले  मुख्यमन्त्री पदमा दाबी पेश गर्न आह्वान गरेकी हुन्।

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले विज्ञप्ति सार्वजनिक गर्दै संविधानको धारा १६८ को उपधारा (५) अनुसार मुख्यमन्त्री नियुक्ती गर्ने प्रयोजनका लागि २४ घण्टाको समय दिएका छन्  विज्ञप्तिमा शनिबार दिउँसो ३ बजेसम्ममा दाबी पेश गर्न आग्रह गरिएको छ ।

प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था भएमा संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दाबी प्रस्तुत गर्न प्रदेशसभा सदस्यलाई भनिएको छ ।

अर्को प्रदेश मन्त्रिपरिषद् गठन नहुँदासम्म यही सरकारले मौजुदा मन्त्रिपरिषद्ले कार्य गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका