Saturday, June 27, 2026
Homeसामाचारखल्तीमा बोकेको मोबाइल पड्किँदा अण्डकोष नै फुट्यो

खल्तीमा बोकेको मोबाइल पड्किँदा अण्डकोष नै फुट्यो

काठमाडौँ: आजकाल मोबाइल फोन लगभग सबैको हातमा देखा पर्छ। धेरै पुरुषहरू खल्तीमा मोबाइल राखेर हिँड्ने गर्दछन्, तर कहिलेकाहीं आफ्नै मोबाइलले ठुलो दुर्घटना निम्त्याउन सक्छ भन्ने उदाहरण हालै भारतको मध्य प्रदेश राज्यको राजगढ जिल्लामा भएको एक घटनाबाट स्पष्ट भएको छ।

सारंगपुरका १९ वर्षीय अरविन्द सडक किनारमा पानीपुरी बेच्ने काम गर्थे। मंगलबार, तरकारी किनेर गाउँ फर्किंदै गर्दा उनको मोबाइल अचानक पड्कियो। मोटरसाइकलमा सवार अरविन्दलाई मोबाइल विस्फोट भएपछि मोटरसाइकल अनियन्त्रित भई लडे। दुर्घटनामा गम्भीर घाइते भएका अरविन्दलाई स्थानीय व्यक्तिहरूले उद्धार गरी सारंगपुर अस्पताल पुर्‍याए। प्राथमिक उपचारपछि उनलाई शाजापुर अस्पतालमा रेफर गरिएको थियो। उनका अण्डकोष फुटेका थिए र मोटरसाइकलबाट लडेर टाउकोमा पनि चोट लागेको थियो।

अरविन्दको दाजुको भनाइ अनुसार, उनले हालै एउटा पुरानो मोबाइल किनेका थिए। रातभर मोबाइल चार्ज गरेर बिहान तरकारी किनेर फर्किन जाँदा मोबाइल खल्तीमा राखेका थिए। फर्किँदा अचानक मोबाइल पड्किएर दुर्घटना भएको उनका दाजुले बताए।

उपचारमा संलग्न डा. नयन नागरका अनुसार, अरविन्दको अण्डकोष फुटे पनि गम्भीर खतरा छैन। प्राथमिक उपचारपछि उनलाई थप उपचारको लागि सुविधासम्पन्न अस्पतालमा रेफर गरिएको उनले बताए।

विशेषज्ञका अनुसार, पुरानो मोबाइलको ब्याट्रीको क्षमता घट्ने कारण यस्तो घटना हुन सक्छ। कतिपय व्यक्तिहरू सस्तो ब्याट्री खोज्नको लागि नक्कली कम्पनीको उत्पादन प्रयोग गर्छन्, जसले यस्ता दुर्घटनाहरू निम्त्याउन सक्छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका