Sunday, November 8, 2026
Homeसामाचारखडेरीले सिर्जाएको पानी संकट चाँडै समाधान हुनेः मन्त्री प्रदीप यादव

खडेरीले सिर्जाएको पानी संकट चाँडै समाधान हुनेः मन्त्री प्रदीप यादव

वीरगञ्ज, २६ असार: जलवायु परिवर्तनका कारण परेको खडेरीले तराई–मधेसमा सिर्जना गरेको खानेपानी संकट चाँडै समाधान हुने खानेपानी, सिँचाइ तथा जलस्रोत मन्त्री प्रदीप यादवले बताएका छन्।

बुधबार वीरगञ्ज महानगरपालिकाका विभिन्न वडाहरूमा स्थलगत निरीक्षण तथा अनुगमन गर्दै मन्त्री यादवले खानेपानीको समस्यालाई लिएर आफू गम्भीर भएको जानकारी दिए।

“वीरगञ्जसहित तराई–मधेसका सयौँ स्थानमा डिप बोरिङ जडान भइसकेको छ,” मन्त्री यादवले भने, “अझै समस्यामा परेका स्थानहरूमा पनि डिप बोरिङको काम सुरु भइसकेको छ। समस्याको समाधान चाँडै हुनेछ।”

मन्त्री यादवसँगै नेपाल खानेपानी संस्थानका अधिकारीहरूको टोलीले श्रीपुर, रानीघाट, ओमआश्रम, मुर्ली, राधेमाई, पण्डितटोल, पिपरा, लक्ष्मनुवा, ताजपुर, कोईरिया, रामगढवा, डाईपोर्ट, अलौँ, घडिहरवा लगायत दर्जनौं टोलमा अनुगमन गरेको थियो।

खानेपानीको चरम अभाव झेलिरहेका स्थानहरूको अवस्थाबारे जानकारी लिँदै मन्त्री यादवले भने, “खानेपानी जनताको अत्यावश्यक आवश्यकता हो। यसमा कुनै कसर बाँकी राखिँदैन। स्थानीय तहसँग सहकार्य गर्दै दीर्घकालीन योजना र स्रोत परिचालनमार्फत समाधान खोज्दैछौं।”

उनले संकट समाधानका लागि सबै पक्षबाट सहयोग आवश्यक रहेको समेत बताए।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका