Monday, September 21, 2026
Homeसामाचारकोशीसहित पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईका केही क्षेत्रमा तातो दिन...

कोशीसहित पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईका केही क्षेत्रमा तातो दिन रहने

काठमाडौं ।हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखासँगै स्थानीय तथा पूर्वीय वायुको आंशिक प्रभाव कायम रहेको छ। यसको प्रभावका कारण देशका विभिन्न क्षेत्रमा आंशिकदेखि सामान्य बदलीको अवस्था देखिएको छ।

हाल देशका हिमाली तथा पहाडी भूभागका साथै मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहेको छ भने अन्य तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा तथा कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली भूभाग र कोशी प्रदेशका पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ। देशका अधिकांश पहाडी भूभाग तथा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक-दुई स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ। साथै कोशी प्रदेशको तराईका केही स्थान र मधेश प्रदेशका एक-दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ।

यता लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थानमा तातो दिन रहने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रहनेछ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा पनि आंशिक बदली रहने अनुमान छ। लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ।

रातिको समयमा कोशी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ। बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्नेछ। साथै कोशीको तराईका केही स्थान र मधेश प्रदेशका एक-दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका