Monday, April 20, 2026
Homeअर्थ र ब्यापारकोरोना सङ्क्रमण घट्दा होटल–व्यवसाय तङ्ग्रिने अपेक्षा

कोरोना सङ्क्रमण घट्दा होटल–व्यवसाय तङ्ग्रिने अपेक्षा

बितेको २४ घण्टामा यहाँका २१ जनामा कोरोना सङ्क्रमण देखिँदा १०६ सङ्क्रमणमुक्त भए । अघिल्लो दिन २८ जनामा सङ्क्रमण हुँदा ३१५ सङ्क्रमणमुक्त भएका थिए । यस्तै मङ्गलबार ६३ मा सङ्क्रमण हुँदा १२२ जनालाई निको भयो ।

माघको तेस्रो साता लाग्दै गर्दा सङ्क्रमणदर ओरालो र सङ्क्रमणमुक्त हुनेको सङ्ख्या उकालो लागिरहँदा पर्यटकीयस्थल धुलिखेलका होटल व्यवसायी तङ्ग्रिनेमा आशावादी देखिएका छन् । कोरोना सङ्क्रमणको तेस्रो लहरसम्मले होटल–पर्यटनमा ठूलो घाटा व्यहोर्नुपरेको दुःखेसो पोख्दै धुलिखेलस्थित होटल माउण्ड प्रिन्सका सञ्चालक ज्योत्स्ना सैंजू कोरोना ङ्क्रमणदर ओरालो र सङ्क्रमणमुक्त हुनेको सङ्ख्या उकालो लागिरहँदा होटल व्यवसाय तङ्ग्रनेमा आशावादी बन्दै गएको बताउछिन्

“यो हप्ताको तथ्याङ्कले होटल–पर्यटनलाई तङ्ग्राउने देखिन्छ, आशावादी बन्नैप¥यो”, क्षेत्रीय होटल सङ्घ ९हान०को सचिवसमेत रहेकी सैँजूले भनिन्। उनी कोरोनाको अर्को लहर आए धुलिखेलका अधिकांश होटल व्यवसायीले धान्न मुस्किल पर्ने बताउछन् ।

सैंजूका अनुसार कोरोना सङ्क्रमणको तेस्रो लहरसम्म आइपुग्दा होटल–व्यवसाय धरासायी भई धुलिखेलका चार होटल बन्द भइसकेका छन् । “होटल निर्माणको ब्याज तथा घरभाडासमेत तिर्न नसक्दा धुलिखेलका होटल बन्द हुनुप¥यो, नयाँ व्यवसायीलाई यो पेशामा निकै चुनौतीपूर्ण छ”, उनले भनिन् । बीस कोठा क्षमता रहेको उहाँको होटलमा केही दिनदेखि स्वास्थ्य मापदण्ड अपनाएर पाहुनालाई सेवा प्रदान गर्न थालिएको छ । जिल्लामा कोरोनाको पहिलो र दोस्रो लहरमा १९३ को मृत्यु भएको थियो भने तेस्रो लहरमा दुईको मृत्यु भएको छ । हाल यहाँ ५३५ सक्रिय सङ्क्रमित छन् ।

नेपालमा कोरोना महामारीको तेस्रो लहरसम्मले धुलिखेलमा विदेशी पाहुना आउन छाडिसकेको व्यवसायी बताउँछन् । “आन्तिरिक पर्यटकमात्रै धुलिखेल आउनुहुन्छ, अब त यसैलाई सन्तोषजनक मान्नुपर्ने बाध्यता भइसक्यो”, धुलिखेलस्थित होटल सारथीका सञ्चालक प्रह्लाद प्याकुरेलले भने । तेस्रो लहरको उत्तराद्र्धमा आफ्नो होटलमा चहलपहल बढ्न थाल्नेमा प्याकुरेल ढुक्क देखिएका छन् । एक वर्ष नबित्दै आएको तेस्रो लहरले पहिलेकै चिन्ताले उनमा ‘डेरा’ जमाइसको छ । “व्यवसायले रुप फेर्लाझैँ लागेको थियो, कोरोना तेस्रो लहरको पुनः थप धरासायी बनाइदियो”, प्याकुरेलले भने ।

पर्यटकीयस्थल धुलिखेलमा ठूला–साना गरी करिब ६० होटलमा एक हजार बेड क्षमता छन् । धुलिखेलको होटल–पर्यटनमा मात्रै करिब रु ५० अर्बको लगानी रहेको सङ्घले जनायो । यहाँ करिब तीन हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् । धुलिखेल राजधानीबाट नजिकको पर्यटकीयस्थलसमेत रहेकाले आन्तरिक तथा बाह्य पर्यटकका अलावा काठमाडौं, भक्तपुर र ललितपुरका आवासीय कार्यक्रमसमेत हुने गर्दथे । पर्यटकीयस्थल धुलिखेल सङ्घीय राजधानी काठमाडौँबाट करिब ३० किलोमिटरको दूरीमा छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका