Tuesday, June 2, 2026
Homeकोरोना बिशेषकोरोनाबाट मृत्यु हुनेको संख्या बढ्दै, २४ घण्टामा ३९३८ जनामा संक्रमण पुष्टि

कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्दै, २४ घण्टामा ३९३८ जनामा संक्रमण पुष्टि

पछिल्लो समय कोरोनाभाइरस संक्रमित बढेसँगै मृतकको संख्यामा पनि वृद्धि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट ३७ जनाको मृत्यु भएको छ।  यसअघि बुधबार ३५ र मंगलबार २४ जनाको कोरोनाबाट मृत्यु भएको थियो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर संक्रमित भने ३९३८ जना थपिएका छन् । १८ हजार ४०८ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमित पुष्टि भएको हो ।  यस्तै सोही अवधिमा २०१२ जना निको भएका छन् भने हाल निको हुने दर ९३.७ प्रतिशत रहेको छ ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआरबाट ७ लाख ८ हजार ७९ र एन्टिजेन विधिबाट ६५ हजार ७८१ जना पुगेको छ । त्यसमध्ये ६ लाख ६३ हजार ६६३ जना निको भएका छन् भने हालसम्म ९ हजार ९९४ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका