Sunday, November 8, 2026
Homeसामाचारकुवेतमा विषाक्त मदिरा सेवनबाट ३ दिनमै ९ नेपालीको मृत्यु

कुवेतमा विषाक्त मदिरा सेवनबाट ३ दिनमै ९ नेपालीको मृत्यु

काठमाडौँ। खाडी मुलुक कुवेतमा तीन दिनको अवधिमा विषाक्त मदिरा सेवनका कारण ९ जना नेपालीको मृत्यु भएको छ। नेपाली दूतावास कुवेतका श्रम सहकारी गिरीप्रसाद आचार्यका अनुसार ३० भन्दा बढी नेपाली कामदार बिरामी छन् र उनीहरूको कुवेतका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

आचार्यले कुवेत सरकारले दूतावासलाई यसबारे प्रारम्भिक जानकारी उपलब्ध गराइसकेको बताउँदै विस्तृत विवरण संकलन भइरहेको जानकारी दिए। उनका अनुसार, कुवेतमा मदिरा प्रतिबन्धित छ तर लुकीछिपी बेचबिखन हुने भएकाले सोही मदिरा सेवन गर्दा ठूलो सङ्ख्यामा नेपाली प्रभावित भएका हुन्।

‘हामी निरन्तर कुवेतका अधिकारीहरूसँग सम्पर्कमा छौँ र थप विवरण लिने क्रममा छौँ,’ उनले भने। आवश्यक प्रक्रिया पूरा भएपछि मृतकहरूको शव नेपाल पठाउन दूतावासले सहजीकरण गर्ने उनले बताए।

हाल कुवेतमा करिब १ लाख ३० हजार नेपाली कार्यरत रहेको बताइएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका