Thursday, April 30, 2026
Homeविचित्र संसारकुखुराको पेडिक्योर गरेपछि...

कुखुराको पेडिक्योर गरेपछि…

आफ्नो घरपालुवा जनावरलाई उत्कृष्ट देखाउन मानिसले विभिन्न तरिका अपनाउने गर्छन् । यसका लागि राम्रै रकम खर्च पनि गर्छन् । यस्तै शौख भएकी एक महिलाले आफ्नो कुखुरालाई उत्कृष्ट देखाउन जे गरिन् त्यो निकै रोचक छ ।

चीनको साङ्घाईकी एक महिलाले आफ्नो कुखुराको पेडिक्योर गरेर अनलाइनमा फोटो हालेपछि, उक्त कुखुरा रातारात इन्टेरनेट सेन्सेसन बनेको छ ।

साङ्घाईकी यि यि नामकी एक महिलालाई आफ्नो कुखुराको नङमा केही गर्नुपर्छ भन्ने लागेपछि उनले त्यो चरालाई नङ बनाउने सैलुनमा लगिन् । यद्यपि, सैलुनको इमेजमा नकारात्म असर पर्छ भन्ने ठानेर त्यहाँका कर्मचारीले कुखुराको नङ बनाउन मानेनन् । त्यसैले उनी आफैंले कुखुराको नङ बनाइदिइन् । उनलाई यसो गर्न एक घण्टाभन्दा बढी समय लाग्यो तर अन्त्यमा उनको कुकुराको खुट्टा असाध्यै राम्रो देखियो ।

विभिन्न रङका नेल पलिसदेखि यि यिले डेकोरेशनका लागि आकर्षक सेक्विन र पोते प्रयोग गरिन् ।

यि यि पछिल्लो दुई वर्षदेखि असाध्यै तनावमा थिइन्, यस्तो अवस्थामा पनि आफूले पालेको कुखुरा आफूसँगै बसेको कारण उनी त्यसप्रति असाध्यै कृतज्ञ थिइन् तसर्थ कुखुरालाई उपहार दिनका लागि उनले सैलुन लैजाने निधो गरेकी थिइन् ।

कुखुराको निकै आकर्षक फोटो चिनियाँ सोसल मिडियामा भाइरल भएपछि कतिले कुखुराको अवस्थाबारे चिन्ता व्यक्त गरे । त्यसपछि यि यिले उक्त पेडिक्योरले कुखुराको हिँडाईमा कुनै असर नपारेको र कुनै असहज महसुस गरेको जस्तो नदेखिएको स्पष्टिकरण दिएकी छिन् ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका