Saturday, September 5, 2026
Homeसामाचार“किसानको साथी” पुस्तक विमोचन समारोह सफलतापूर्वक सम्पन्न

“किसानको साथी” पुस्तक विमोचन समारोह सफलतापूर्वक सम्पन्न

काठमाडौं — मिलाप कृषि उद्योग सहकारी लिमिटेडको आयोजनामा तयार पारिएको नेपाली किसानका लागि उपयोगी पुस्तक ‘किसानको साथी’ को विमोचन समारोह सफलतापूर्वक सम्पन्न भएको छ। किसानको साथी कृषि प्रवर्द्धक तथा मिलाप कृषि उद्योग सहकारी अन्स्थाका मणि नेपालि पनेरु र कृषि विज्ञ डा राजेन्द्र देवकोटाले लेख्नु भएको हो भने मिलाप सहकारीले सो को प्रकाशन गरेको हो।

गण्डकी प्रदेशका मुख्यमन्त्रीज्यूको प्रमुख आतिथ्य तथा मुख्य वक्ताका रूपमा सम्पन्न कार्यक्रममा कृषि, उत्पादन तथा उद्यमशीलतासँग सम्बन्धित विभिन्न संस्था तथा प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सो समारोह  भर्चुअल जूम मार्फत तथा प्रत्यक्ष सहभागितामा हाइब्रिड तरीकाले सम्पन्न भएको हो ,

कार्यक्रममा सौरपानी समाज, मिराज क्याफे एण्ड बेकरी, मुना कृषि, नोनामार्ट तथा नेपाल औषधि लिमिटेड लगायतका संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। मिलापको सभाहलमा आयोजित कार्यक्रममा करिब ५० जनाको उपस्थिति रहेको थियो।

मिलाप कृषि उद्योग सहकारी संस्थाका अधक्ष कुल प्रसाद नेउपानेको सभापतित्वमा सम्पन्न सो कार्यक्रमको संचालन मिलापका संरक्षक मणि नेपाली पनेरुले गर्नुभएको थियो भने कृषि विज्ञ डा. राजेन्द्र देवकोटाले ‘किसानको साथी’ पुस्तकका विषयवस्तु, उपयोगिता र किसानका लागि यसको महत्वबारे टिप्पणी गर्नुभएको थियो।

उक्त अवसरमा संस्थाका  अधक्ष कुल प्रसाद नेउपानेले संस्थाको उद्देश्य र कार्यक्रमहरु बारे बिस्तृत प्रकाश पार्नु भयो भने उपाधक्ष  अविनास   नेउपानेले संस्थाले भोग्न परेका समस्याहरु बारे चर्चा गर्नु भयो।  कार्यक्रममा सहभागी वक्ता तथा अतिथिहरूले पुस्तक प्रकाशनका लागि मिलापले गरेको प्रयासको प्रशंसा गर्दै ‘किसानको साथी’ किसानका लागि उपयोगी र व्यवहारिक पुस्तक बन्न सक्ने विश्वास व्यक्त गरे। विशेषगरी कृषि ज्ञानलाई सरल रूपमा किसानसम्म पुर्‍याउने प्रयासलाई सहभागीहरूले सकारात्मक रूपमा लिएका थिए।

मिलापले किसान, कृषि उत्पादन र स्थानीय उद्यमलाई जोड्दै आगामी दिनमा पनि यस्ता ज्ञानमूलक तथा उत्पादनमुखी कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

Screenshot

 

 

 

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका