Saturday, May 9, 2026
Homeराजनीतिकास्की–२ मा रास्वपाका उत्तम पौडेलको ऐतिहासिक जित, एमालेको गढ भत्कियो

कास्की–२ मा रास्वपाका उत्तम पौडेलको ऐतिहासिक जित, एमालेको गढ भत्कियो

पोखरा । नेकपा एमालेको अभेद्य गढ मानिँदै आएको कास्की क्षेत्र नम्बर २ मा यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ऐतिहासिक सफलता हात पारेको छ। २०६४ सालको प्रचण्ड लहरमा समेत कसैले भत्काउन नसकेको एमालेको यो विरासतलाई रास्वपाका उम्मेदवार उत्तमप्रसाद पौडेलले फराकिलो मतान्तरले पराजित गरेका छन्।

भर्खरै सार्वजनिक अन्तिम मतपरिणाम अनुसार पौडेलले ३१ हजार ९११ मत प्राप्त गर्दै विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका रश्मि आचार्यले ७ हजार ४९३ मत मात्रै प्राप्त गरेका छन्। पौडेल र आचार्यबीचको मतान्तर २४ हजार ४१८ रहेको छ, जुन कास्कीको चुनावी इतिहासमै ठूलो मानिन्छ।

यस क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार माधवप्रसाद बाँस्तोला (मधु) तेस्रो स्थानमा रहेका छन्। उनले ६ हजार ५ सय मत प्राप्त गरेका छन्।

यसअघि २०७९ सालको निर्वाचनमा रास्वपा यो क्षेत्रमा करिब ४ हजार ५ सय मतले पछाडि परेको थियो। तर यसपटक नेपाली कांग्रेस त्यागेर रास्वपामा प्रवेश गरेका उत्तमप्रसाद पौडेलले एमालेको गढमा जित निकाल्दै मुख्य प्रतिस्पर्धीलाई चार गुणाभन्दा बढी मतान्तरले पराजित गरेका छन्।

यस निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) चौथो स्थानमा रहेको छ। राप्रपाका हेमजंग गुरुङले १ हजार ६४३ मत प्राप्त गरेका छन्। नेकपाका हेमबहादुर थापा (किरण) ले १ हजार २७६ मत ल्याएका छन् भने उज्यालो नेपाल पार्टीका कुशल गुरुङले १ हजार २०१ मत प्राप्त गरेका छन्।

स्वतन्त्र उम्मेदवारहरूको मत भने उल्लेख्य देखिएन। स्वतन्त्र उम्मेदवार बसन्तराज घिमिरेले १३१ र विष्णुप्रसाद तिवारीले १३० मत प्राप्त गरेका छन्। मंगोल नेशनल अर्गनाइजेसनका ओलबहादुर गुरुङले ११९ मत प्राप्त गरेका छन् भने अन्य उम्मेदवारहरूले दोहोरो अंकमा मत प्राप्त गरेका छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका