Tuesday, June 30, 2026
Homeसामाचारकालीगण्डकी करिडोरः राहुघाट–तातोपानी १४ किलोमिटर

कालीगण्डकी करिडोरः राहुघाट–तातोपानी १४ किलोमिटर

म्याग्दी: बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत राहुघाट–तातोपानी खण्डमा १४ किलोमिटर सडक कालोपत्र सम्पन्न गरिएको छ। म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ राहुघाटदेखि अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानी नागढुङ्गासम्मको १९ किलोमिटर खण्ड कालोपत्र गर्न २०७४ सालमा रु ६६ करोडको लागतमा निर्माण कम्पनीसँग सम्झौता गरिएको थियो।

निर्माण कम्पनीका अनुसार राहुपारे, बैसरी, कुनौटा, बेगखोला, कालीओडार, तिप्ल्याङ, महभिर, भिरकाटे, घार बैसरी, रातोपानी, पोखरेबगर हुँदै भुरुङ तातोपानीसम्मको खण्डमा १४ किलोमिटर कालोपत्र सम्पन्न भइसकेको छ।

११ मिटर चौडाइको सडकमा नाली, पर्खालजस्ता आवश्यक संरचना निर्माण गरेर मात्र कालोपत्र गरिएको जनाइएको छ।

कुल ४३५ किलोमिटर लामो कालीगण्डकी करिडोरअन्तर्गत पर्वतको मालढुङ्गाबाट म्याग्दी हुँदै मुस्ताङको कोरला जोड्ने दुई लेनको २०२ किलोमिटर सडक खण्ड कालोपत्र गर्ने कार्य आर्थिक वर्ष २०७३/७४ देखि सुरु गरिएको हो। हालसम्म यो सडक खण्डको भौतिक प्रगति ८५ प्रतिशत पुगेको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका