Sunday, April 19, 2026
Homeसुन्दर नेपालकामरिता शेर्पा आफ्नै रेकर्ड तोड्दै ३१ औं पटक सगरमाथाको शिखरमा

कामरिता शेर्पा आफ्नै रेकर्ड तोड्दै ३१ औं पटक सगरमाथाको शिखरमा

काठमाडौं: विश्वप्रसिद्ध सगरमाथा आरोही कामीरिता शेर्पाले आज मंगलबार बिहान सगरमाथा आरोहण गर्दै आफ्नो नै बनाएको पुरानो कीर्तिमान तोडेका छन्। यससँगै उनले सगरमाथा आरोहणको संख्या ३१ पुर्‍याउँदै नयाँ विश्व कीर्तिमान स्थापना गरेका छन्।

गत वर्ष २०८१ वैशाख ३० गते कामीरिताले २९ औँपटक र त्यसको १० दिनपछि जेठ ९ गते ३० औँपटक सगरमाथा आरोहण गरेका थिए। त्यसबेलादेखि नै उनी सगरमाथा धेरैपटक आरोहण गर्ने एक्ला विश्व कीर्तिमानी पर्वतारोही बनेका थिए।

“एभरेष्ट म्यानले फेरि गर्‍यो चमत्कार, ३१ औं पटक सगरमाथा आरोहण,” सेभेन समिट ट्रेक्सका सञ्चालक छाङ दावा शेर्पाले आफ्नो फेसबुक पोस्टमा लेखेका छन्। उनले अगाडि थपे, “इतिहासमै सबैभन्दा धेरै पटक सगरमाथा आरोहणको कीर्तिमानी ५५ वर्षीय कामीरिता शेर्पालाई ३१ औं पटकको सफल आरोहणका लागि बधाई। सेभेन समिटसँगको यात्रामा।”

उनका अनुसार कामीरिताले मंगलबार बिहान ४ बजे सगरमाथाको शिखरमा पाइला टेकेका हुन्। यसपटक उनी २२ जना भारतीय सैनिकहरूको आरोहण टोलीको मुख्य गाइडको रूपमा सगरमाथा चढ्न गएका थिए।

दुई सन्तान र पत्नीका साथ काठमाडौंमा बस्दै आएका कामीरिता शेर्पाले सन् १९९४ (वि.सं. २०५१) मा २४ वर्षको उमेरमा पहिलोपटक सगरमाथा आरोहण गरेका थिए।

एभरेष्ट टुडे नामक ट्विटर ह्यान्डलमा पनि लेखिएको छ, “प्रख्यात नेपाली पर्वतारोही कामीरिता शेर्पाले आज बिहान ०४:०० बजे ३१ औं पटक सगरमाथा (८८४८.८६ मिटर) को सफल आरोहण गर्नुभएकोमा बधाई छ।”

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका