Friday, June 5, 2026
Homeमुख्य समाचारकात्तिक नाचको अन्तिम दिन नृसिंह अवतार–हिरण्यकश्यपु वध (फोटोफिचर)

कात्तिक नाचको अन्तिम दिन नृसिंह अवतार–हिरण्यकश्यपु वध (फोटोफिचर)

पाटनको मणिगल क्षेत्र ‘कात्तिक डबली’ मा कात्तिक नाचअन्तर्गतको आठौँ अर्थात् अन्तिम दिन नृसिंह अवतार–हिरण्यकश्यपु वध मञ्चन गरिएको छ । प्रत्येक वर्ष ललितपुर दरबार क्षेत्रमा ‘कात्तिक नाट्य महोत्सव’ मञ्चन गर्ने परम्पराअनुसार साँझ सो नृत्य प्रदर्शन गरी यो वर्षको नृत्य समापन गरियो । भगवान विष्णु अनि दैत्यराज हिरण्यकश्यपु तथा भक्त प्रह्‍लादको कथामा आधारित नृत्य प्रदर्शन गरिएको थियो । सो नाटकमार्फत अरुलाई अन्याय तथा अत्याचार गर्न नहुने यदि गरेमा आफू पनि उक्त जालमै परिने सन्देश छर्न खोजिएको कात्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारले बताउँछन् ।

विसं १६९७ मा पाटनका राजा सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याणार्थ सो नाचको सुरुआत गरेको बताइन्छ । कात्तिक नाचको माध्यमद्वारा देशमा आउने बिघ्नबाधा हटी शान्ति र सुव्यवस्था कायम रहने विश्वास छ । कात्तिक महिनाभर विभिन्न विधि र प्रकारका नृत्य प्रदर्शन गरिने भएकाले यस नाचलाई ‘कात्तिक नाच’ भनिएको हो । सत्ताईस दिनसम्म सो नाच प्रदर्शन गर्दा हरेक दिन विभिन्न विषयवस्तु तथा कथामा आधारित रही बेग्लाबेग्लै तरिकाले नृत्य मञ्चन गरिनु यसको विशेषता मानिन्छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका