Saturday, November 7, 2026
Homeसामाचारकाठमाडौं महानगरपालिकाका मेयर बालेन साहविरुद्ध उजुरी

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहविरुद्ध उजुरी

काठमाडौं। राष्ट्रिय युवा सङ्घ नेपालले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दायर गरेको छ।

उजुरीमा प्रमुख साहले केही दिनअघि सामाजिक सञ्जालमार्फत नेपालका प्रमुख दल, छिमेकी राष्ट्र तथा अन्य मित्रराष्ट्रविरुद्ध लेखेको सामग्रीलाई साइबर कानुनअनुसार कारबाही गर्न माग गरिएको छ।

सङ्घका उपाध्यक्ष महाराज गुरूङले जानकारी दिनुभयो कि उनीहरूले ब्युरोका प्रमुख प्रहरी नायब महानिरीक्षक नवीन्द अर्याललाई भेटेर उजुरी पेश गरेका छन्। नायब महानिरीक्षक अर्यालले कानुनी अवस्था अध्ययन गरी आवश्यक निर्णय लिने बताउनुभएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका