काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा विभिन्न नियम उल्लङ्घन गर्ने ६३४ जना सवारी चालकलाई कारबाही गरेको छ।
आइतबार बिहानसम्म उपत्यकाका विभिन्न स्थानमा गरिएको ट्राफिक जाँचका क्रममा मादक पदार्थ सेवन गरी सवारी चलाउने ४८ जना चालक कारबाहीमा परेका छन्। यस्तै, सिसिटिभी निगरानीबाट ६८ जना र रातो बत्ती उल्लङ्घन गर्ने २९ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।
त्यस्तै, तीव्र गतिमा सवारी चलाउने ८२ जना, हर्न निषेधित क्षेत्रमा हर्न बजाउने २८ जना, लेन क्रस गर्ने ६ जना, सवारीको अवस्था ठीक नभएका २० जना र एकतर्फी सडक नियम उल्लङ्घन गर्ने १२ जना चालक कारबाहीमा परेका छन्।
अन्य ट्राफिक नियम उल्लङ्घन गर्ने ३४१ जना चालकलाई समेत कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।
ट्राफिक प्रहरीले सडक अनुशासन कायम गर्न तथा दुर्घटना न्यूनीकरणका लागि उपत्यकाका विभिन्न स्थानमा नियमित जाँच तथा निगरानीलाई निरन्तरता दिइरहेको जनाएको छ।


