काठमाडौं– काठमाडौं महानगरपालिकाले वडा नम्बर १३ र १४ अन्तर्गत कालीमाटी र कुलेश्वर क्षेत्रमा स्थानीयले अवैध रूपमा निर्माण गरेका पाँच वटा पुल भत्काएको छ।
महानगरका अनुसार ती पुल स्थानीयले स्वीकृति बिना स्वयं निर्माण गरेका थिए, जसका कारण संरचना अवैध मानिएको हो।


