Sunday, June 28, 2026
Homeसामाचारकाठमाडौँ उपत्यकामा डम्म लागेको बादल फाट्न अझ केही दिन लाग्ने

काठमाडौँ उपत्यकामा डम्म लागेको बादल फाट्न अझ केही दिन लाग्ने

काठमाडौं: काठमाडौं उपत्यकामा वायु प्रदूषणका कारण केही दिनदेखि लागेको बाक्लो बादल फाट्न अझै केही दिन लाग्ने भएको छ। भोलि शुक्रबारदेखि वायुको वेग आजको तुलनामा बढी रहने अनुमान गरिएकोले क्रमशः सुधार हुँदै आकाश खुल्ने सम्भावना रहेको मौसमविद् बिनु महर्जनले राससलाई जानकारी दिएकी छन्।

हाल उपत्यकामा वर्षाको सम्भावना नरहेको भए पनि क्रमशः बादल हट्ने संकेत देखिएको उनले बताइन्। बुधबारको तुलनामा आज तापक्रम केही घटे पनि भोलिदेखि तापक्रम क्रमशः वृद्धि हुने अपेक्षा गरिएको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। लुम्बिनी प्रदेशलगायत देशका पहाडी क्षेत्रमा आंशिक बदली भए पनि समग्र मौसम क्रमशः सुधार हुँदै जाने संकेत देखिएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका