Monday, May 25, 2026
Homeदेश र प्रदेशकाठमाडौँको धारामा फेरि मेलम्चीको पानी, तस्बिरहरु हेर्नुहोस्

काठमाडौँको धारामा फेरि मेलम्चीको पानी, तस्बिरहरु हेर्नुहोस्

मेलम्चीको पानी काठमाडौँका धारामा पुनः आउन सुरु गरेको छ । यसअघि पनि पानी वितरण सुरु गरिए पनि मेलम्चीमा आएको भीषण बाढीले क्षतिग्रस्त बनेको मेलम्ची खानेपानी आयोजनाको संरचनामा क्षति पुगेपछि वितरण बन्द भएको थियो । क्षतिग्रस्त संरचनाको पुनर्निर्माणपछि खानेपानी मन्त्री उमाकन्त चौधरीले काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको नयाँ बानेश्वरस्थित शाखा कार्यालयबाट आइतबार एक कार्यक्रमबीच धारामा पानी वितरण शुभारम्भ गरेका हुन् ।

मन्त्री चौधरीले गत चैत २९ गते आयोजनाको हेडवर्क्सबाट सुरुङतर्फ पानी पथान्तरण सुरुवात गरेका थिए । त्यसपछि सुन्दरीजल पानी प्रशोधन केन्द्रबाट शुद्ध गरी काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका १० वटा रिजर्भवेर ट्याङ्कीमा पठाइएको थियो । अहिले घरघरमा पाइपमार्फत धारामा पानी पठाउन सुरु गरिएको हो ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका