Friday, June 5, 2026
Homeमुख्य समाचारकांग्रेस सभापति चयनका लागि दोस्रो चरणमा मतदानको सम्भावना प्रबल

कांग्रेस सभापति चयनका लागि दोस्रो चरणमा मतदानको सम्भावना प्रबल

२८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको सभापति चयनका लागि दोस्रो चरणमा मतदान हुने सम्भावना बढेको छ । हालसम्म ४३७६ मत गणना भइसक्यो र अब ३०३ मत गणना गर्न बाँकी छ ।

मतगणनाम अग्रता लिइरहेका शेरबहादुर देउवाले २०९५ मत पाएका छन् । सभापतिमा निर्वाचित हुन उनलाई अझै २४५ मत चाहिन्छ ।

कांग्रेसको विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको बहुमत चाहिन्छ । आइतबार भएको मतदानमा ४ हजार ६७९ महाधिवेशन प्रतिनिधिले मत दिएका थिए । अब कुनै पनि उम्मेदवारलाई विजयी हुन २३४० मत चाहिन्छ । कुनै पनि उम्मेदवारले यो मत पाए विजयी हुनेछ । नभए धेरै मत ल्याउने दुई उम्मेदवारबीच पुनः प्रतिस्पर्धा हुनेछ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका