Tuesday, October 27, 2026
Homeमुख्य समाचारकांग्रेस महाधिवेशन : ४ बजेसम्म १४०० जनाले गरे मतदान

कांग्रेस महाधिवेशन : ४ बजेसम्म १४०० जनाले गरे मतदान

२७ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सोमबार अपरान्ह ४ बजेसम्म १४ सय जनाले मतदान गरेका छन् ।

भृकुटीमण्डपका दुई र राष्ट्रियसभा गृहका एक गरी तीन मतदान केन्द्रमा गरी १४ सय जनाले मतदान गरेका निर्वाचन समितिले जनाएको छ ।

कांग्रेसमा केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य चयनका लागि सोमबार करिब साढे ११ बजे मतदान शुरु भएको थियो ।

देशभर र प्रवासबाट आएकासमेत गरी ४७२३ जना महाधिवेशन प्रतिनिधिले नयाँ नेतृत्व चयनका लागि मतदान गर्नेछन् ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका