Saturday, May 30, 2026
Homeमुख्य समाचारकांग्रेस महाधिवेशनको मिति सर्‍यो

कांग्रेस महाधिवेशनको मिति सर्‍यो

काठमाडौँ: आगामी भदौ ७ मा हुने भनिएको नेपाली कांग्रेसको १४औं महाधिवेशन भदौ १६ गतेका लागि सरेको छ ।

शनिबार कांग्रेसका शीर्ष नेताहरुको बैठकले यस्तो निर्णय गरेको हो । यसअघि भदौ ७ गतेदेखि १० गते सम्मका लागि महाधिवेशन तोकिएको थियो ।

शनिबारको निर्णयलाई असार ३ गते बस्ने पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले अनुमोदन गर्ने नेता अर्जुन नरसिंह केसीले बताएका छन् ।

महाधिवेशनबारे छलफल गर्न सभापति शेरबहादुर देउवाले शनिबारका लागि शीर्ष नेताहरुको बैठक बोलाएका थिए ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका