Wednesday, April 15, 2026
Homeराजनीतिकांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज, महाधिवेशन र संसदीय नेतृत्वमा छलफल

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज, महाधिवेशन र संसदीय नेतृत्वमा छलफल

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (बुधबार) बस्दैछ। बैठक दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन्।

बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइए पनि विस्तृत एजेन्डा सार्वजनिक गरिएको छैन। साथै, प्रतिनिधि सभामा संसदीय दलको नेता चयन प्रक्रिया सुरु गर्ने विषयमा पनि छलफल हुने नेताहरूले बताएका छन्।

त्यसैगरी, पार्टीको १५औँ महाधिवेशनको तयारी तथा पार्टीभित्र देखिएका आन्तरिक विवाद समाधानका विषय पनि बैठकको मुख्य एजेन्डामा रहने जनाइएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका