Tuesday, September 1, 2026
Homeमुख्य समाचारकांग्रेसको नेतृत्वमा जनताले खोजेका दुई अनुहार ?

कांग्रेसको नेतृत्वमा जनताले खोजेका दुई अनुहार ?

नेपाली कांग्रेसको महासचिवमा विश्वप्रकाश शर्मा र गगनकुमार थापा निर्वाचित भएका छन् । योसँगै नेपाली कांग्रेसको नेतृत्वमा विद्यार्थी राजनीतिबाट दुई अनुहार आएका छन् ।बिहीबार दिउँसो सार्वजनिक नतिजा अनुसार थापाले ३ हजार २३ मत ल्याएका छन् भने शर्माले १ हजार ९ सय ८४ मत प्राप्त गरेका छन् ।कांग्रेसमा सभापतिपछि महासचिव सबैभन्दा शक्तिशाली पद हो । संगठन निर्माण र पार्टीलाई काम गर्ने जिम्मेवारी महासचिवको हुन्छ ।

नेतृत्व दुई युवाको हातमा आएपछि पार्टीभित्रै लोप हुँदै गएको नीतिमा सुधार आउने धेरैको विश्वास छ । विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा हाम फालेका यी दुई युवा नेता कांग्रेसभित्र मात्रै नभई कांग्रेस बाहिर पनि उत्तिकै ‘लोकप्रिय’ मानिन्छन् ।दुवैजना बोलीमा अब्बल छन् । पार्टी सरकारमा होस् वा सरकार बाहिर, दुवै युवाको आवाज उस्तै चर्को स्वरमा सुनिन्छ । साथै दुवै नेताको आगामी दिन कांग्रेस र आम जनताले अपेक्षा गरेअनुरुप चुनौतिपूर्ण हुने निश्चित छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका