Friday, May 1, 2026
Homeकला/साहित्यकविता : देशको माया

कविता : देशको माया

– ध्रुवप्रसाद गजुरेल

युवाहरू विदेशिँदा
जग्गा खाली भयो यता
नेताहरू गफैमा छन्
कुरा मात्र भयो उता

कयौँ पुस्ता यतै जन्मे
खाली जग्गा भयो सब
माटो पूरा बिरामी भो
मल जल गरौँ अब

लिपुलेक सधैँ  मेरो
कालापानी यतै सब
सुस्ता जान परेको छ
चुच्चे नक्सा भयो अब

भूकम्पले सबै नास्दा
ढल्यो धरहरा भनी
विदेशमा थिए जो जो
भए दुःखित ती पनि

साथीहरू सबै आज
धरहरा चढेका छन्
सेल्फी फोटो लिँदै आज
धेरै मख्ख परेका छन्

तला बाइस बन्दा झन्
मन खुसी कयौँ अब
पुग्दै नेपाल सन्देश
फैलाउँछु खुबै तब

विदेशमा हुँदाखेरी
नेपाल मनभित्र झन्
देशको नामले सारा
विदेशी सब चिन्दछन् ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका