Thursday, October 29, 2026
Homeराजनीतिकञ्चनपुरमा प्रतिनिधिसभा निर्वाचन: ५५ उम्मेदवारमध्ये ४८ नयाँ अनुहार

कञ्चनपुरमा प्रतिनिधिसभा निर्वाचन: ५५ उम्मेदवारमध्ये ४८ नयाँ अनुहार

महेन्द्रनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कञ्चनपुर जिल्लामा स्वतन्त्रसहित ४८ जना नयाँ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् ।

जिल्लामा तीनवटा निर्वाचन क्षेत्र रहेकामा कुल ५५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । तीमध्ये ४८ जना पहिलोपटक सङ्घीय निर्वाचनमा प्रतिस्पर्धा गर्न लागेका उम्मेदवार रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

कञ्चनपुर निर्वाचन क्षेत्र नं १ मा एक लाख एक हजार ७२४ जना मतदाता रहेका छन् । यस क्षेत्रमा नेपाली कांग्रेसबाट गोपीप्रसाद उपाध्याय, नेकपा (एमाले)बाट तारा लामा तामाङ, नेकपा बाट विना मगर र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट जनकसिंह धामीसहित चार जना स्वतन्त्र उम्मेदवार गरी कुल १९ जना चुनावी प्रतिस्पर्धामा छन् । एमालेका तामाङ, नेकपाका मगर र रास्वपाका दिल्लीबहादुर शाहीबाहेक बाँकी सबै नयाँ उम्मेदवार हुन् ।

कञ्चनपुर निर्वाचन क्षेत्र नं २ मा एक लाख नौ हजार ५७४ जना मतदाता छन् । यहाँ कांग्रेसबाट नारायणप्रकाश साउद, एमालेबाट वचनबहादुर सिंह, नेकपाबाट माधव पन्त र रास्वपाबाट दीपक बोहरासहित स्वतन्त्र उम्मेदवार गरी १९ जनाबीच प्रतिस्पर्धा हुँदैछ । कांग्रेसका साउद र राष्ट्रिय जनमोर्चाका रामबहादुर कार्कीबाहेक अन्य १७ जना उम्मेदवार सङ्घीय निर्वाचनका लागि नयाँ हुन् ।

यस्तै, कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ मा कुल एक लाख तीन हजार ८७ जना मतदाता रहेका छन् । यस क्षेत्रमा एमालेका दीपकप्रकाश भट्ट र नेकपाका मानबहादुर सुनार यसअघि निर्वाचित भइसकेका उम्मेदवार हुन् । विसं २०७४ को निर्वाचनमा भट्ट निर्वाचित भएका थिए भने सुनारले विसं २०५१ सालमा स्वतन्त्र उम्मेदवारी दिएका थिए । यी दुईबाहेक बाँकी सबै नयाँ उम्मेदवार रहेका छन् । यहाँ तीन जना स्वतन्त्रसहित कुल १७ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका