Saturday, November 7, 2026
Homeसामाचारओली, लेखकलगायतको पासपोर्ट रोक्का निर्णयविरुद्ध सर्वोच्चमा रिट

ओली, लेखकलगायतको पासपोर्ट रोक्का निर्णयविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । तत्कालीन प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखकलगायतको पासपोर्ट रोक्का गर्ने र उनीहरूलाई निश्चित क्षेत्र बाहिर जान निषेध गर्ने आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ।

अधिवक्ता डा. प्रेमराज सिलवालले प्रधानमन्त्री कार्यालयअन्तर्गत जेन–जी घटनासम्बन्धी जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोग र गृहमन्त्रालयलाई विपक्षी बनाउँदै रिट दर्ता गरेका हुन्।

कार्की आयोगले ओली, लेखकसहित तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख हुतराज थापा र काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको पासपोर्ट रोक्का गर्ने र काठमाडौं उपत्यका बाहिर जान नपाउने गरी स्थान हद तोकेको थियो।

उक्त निर्णय संविधानले सुनिश्चित गरेको सम्मानपूर्वक बाँच्ने अधिकारको उल्लङ्घन भएको दाबी गर्दै अधिवक्ता सिलवालले निर्णय खारेज गर्न माग गरेका छन्। साथै, उनले भविष्यमा पनि कसैको हकमा यस्ता प्रकारका रोक नलगाउन परमादेश जारी गर्न माग गरेका छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका