Monday, June 1, 2026
Homeमुख्य समाचारएमाले स्थायी कमिटी बैठक बस्दै : के-के छन् एजेण्डा ?

एमाले स्थायी कमिटी बैठक बस्दै : के-के छन् एजेण्डा ?

काठमाडौं : नेकपा एमाले स्थायी कमिटी बैठक बस्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीको परामर्शमा महासचिव ईश्वर पोखरेलले शनिबार बैठक बोलाएका हुन्।

तुलसीलाल स्मृति प्रतिष्ठानमा दिउँसो बस्ने बैठकले विधान महाधिवेशन तयारी, केन्द्रीय विभागको पूर्णता र सदस्यता नवीकरणलगायतका एजेन्डामा छलफल हुने एमाले पार्टी कार्यालय स्रोतले जनाएको छ।

एमालेले यही साउन २५ देखि २७ गते विधान अधिवेशन गर्ने निर्णय गरेको छ। यस अगाडिको बैठकले पार्टीको विवाद समाधान गर्न गठित कार्यदलले बुझाएको १० बुँदे सहमतिलाई अनुमोदन गरेको थियो। माधव नेपाल पक्षसँगको एकताको विषयलाई छिटो टुंग्याएर महाधिवेशनमा केन्द्रित हुन संस्थापन पक्षले चाहेको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका