Saturday, November 7, 2026
Homeसामाचारएमाले महाधिवेशनस्थल प्रचार सामग्रीले पार्यो फोहोर

एमाले महाधिवेशनस्थल प्रचार सामग्रीले पार्यो फोहोर

काठमाडौँ । नेकपा (एमाले)को महाधिवेशनस्थल भृकुटीमण्डप नेतृत्व चयनका लागि महाधिवेशन चलिरहँदा उम्मेदवारका प्रचार सामग्रीका कारण अस्तव्यस्त बनेको छ। भोट माग्ने क्रममा पर्चा, पम्पलेट र ब्यानर जथाभाबी फालिँदा भृकुटीमण्डप क्षेत्रका सडक, फुटपाथ र खुला स्थानमा फोहोर छरिएको देखिएको छ।

छरिएका प्रचार सामग्रीले सार्वजनिक स्थल कुरूप बनाउनुका साथै सम्पूर्ण क्षेत्रको सौन्दर्यमा असर परेको स्थानीयवासी र सहभागीहरूको गुनासो छ। ठूला भाषण र अनुशासनका कुरा गर्ने पार्टीले वातावरणीय जिम्मेवारी र सार्वजनिक सरसफाइलाई बेवास्ता गरेको टिप्पणीसमेत भइरहेको छ।

बुधबार बिहान काठमाडौँ महानगरपालिकाले ब्रुमर प्रयोग गरी भृकुटीमण्डप क्षेत्रको सरसफाइ गरेको छ। एमालेको ११औँ महाधिवेशनअन्तर्गत आज बिहानदेखि नयाँ नेतृत्व चयनका लागि मतदान हुने कार्यक्रम रहेको छ।

महाधिवेशनमा अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता ईश्वर पोखरेल उम्मेदवार रहेका छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका