Monday, June 1, 2026
Homeमुख्य समाचारएमाले पार्टी कार्यालयमा खीर कार्यक्रम

एमाले पार्टी कार्यालयमा खीर कार्यक्रम

काठमाडौं : नेकपा एमाले साउन १५ का अवसरमा खीर खुवाउने भएको छ । साउन १५ का अवसरमा शुक्रबार पार्टी केन्द्रीय कार्यालय थापाथलीमा खीर खुवाउने कार्यक्रम राखिएको एमाले केन्द्रीय कार्यालयले जनाएको छ।

दिउँसो २ बजेदेखि ३ बजेसम्म सबैलाई पार्टी कार्यालयमा आउन निम्ता पठाइएको छ । नेपाली समाजमा असार १५ गते दही, च्युरा र साउन १५ मा खिर खाने प्राचीनकालदेखि परम्परा छ। यसैलाई निरन्तरता दिन खीर खाने कार्यक्रम राखिएको एमालेले जनाएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका