Tuesday, September 15, 2026
Homeसामाचारएमाले नेता ईश्वर पोखरेलकी श्रीमती मिरा पोखरेललाई क्यान्सर, उपचारका लागि भारतमा

एमाले नेता ईश्वर पोखरेलकी श्रीमती मिरा पोखरेललाई क्यान्सर, उपचारका लागि भारतमा

काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ नेता ईश्वर पोखरेलले आफ्नी श्रीमती मिरा पोखरेल (ध्वोजु) क्यान्सरबाट पीडित रहेको जानकारी दिएका छन्।

शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले मिरा पोखरेलको भारतको गुरुग्रामस्थित मेदान्त अस्पतालमा उपचार भइरहेको बताएका हुन्। उनले क्यान्सरको प्रकार भने खुलाएका छैनन्।

पोखरेलले श्रीमतीको उपचारमा आफू पनि प्रत्यक्ष रूपमा संलग्न रहनुपरेकाले पछिल्लो समय देशभित्रका राजनीतिक तथा सार्वजनिक गतिविधिमा सक्रिय रूपमा सहभागी हुन नसकेको जानकारी दिएका छन्। उपचार प्रक्रिया अझै जारी रहेकाले केही समयसम्म आफ्नो सार्वजनिक उपस्थितिमा असर पर्ने उनले उल्लेख गरेका छन्।

साथै, श्रीमतीको स्वास्थ्य लाभको कामना गर्दै विभिन्न माध्यमबाट शुभेच्छा व्यक्त गर्ने तथा प्रत्यक्ष भेटेर हौसला प्रदान गर्ने साथीभाइ, शुभेच्छुक र आफन्तप्रति उनले आभार व्यक्त गरेका छन्।

मिरा पोखरेल (ध्वोजु) पूर्व संविधानसभा सदस्यसमेत हुन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका