Friday, April 17, 2026
Homeदेश र प्रदेशएमालेले देउवालाई विश्वासको मत नदिने : एकता कार्यदल भंग

एमालेले देउवालाई विश्वासको मत नदिने : एकता कार्यदल भंग

ओलीले पेलेर अगाडि बढ्न निर्देशन दिएपछि नेपाल पक्ष बाहिरियो

काठमाडौं : नेकपा (एमाले) स्थायी कमिटी बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने निर्णय गरेको छ। शुक्रबार ललितपुरको च्यासलमा बसेको बैठकले देउवालाई विश्वासको मत नदिने निर्णय गरेको हो।

त्यसैगरी बैठकले नेकपा एमाले एकता कार्यदल भंग गरेको गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए। ज्ञवालीका अनुसार कार्यदलले गरेको १० बुँदे प्रस्ताव अनुमोदन गर्दै भंग गर्ने निर्णय भएको हो।

बैठकमा सहभागी वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका कार्यदलमा रहेका नेताहरुले गृहकार्य गरेर मात्रै स्थायी कमिटीको बैठक राख्न आग्रह गरेका थिए। पार्टी अध्यक्ष केपी ओलीले नेपाल समूहका कार्यदल सदस्यको माग सम्बोधन नगरेपछि उनीहरु बाहिरिएका थिए।

बैठकको बीचमा पार्टीका उपाध्यक्ष  भीमबहादुर रावलसहितका नेताहरु प्रवेश गरी सहमतिमा बैठक राख्न माग गरेर बाहिरिएका हुन्। रावलले शीर्ष तहमा छलफल र परामर्शमा बैठक चलाउन गर्न माग गरिएको जानकारी दिए।

पार्टी अध्यक्ष ओलीले भने बैठकका नियमित कार्यसूची अघि बढाउन महासचिव ईश्वर पोखरेललाई निर्देशन दिए। गत असार २७ गते एमालेको कार्यदलमा आन्तरिक विवाद मिलाउन १० बुँदे सहमति भए पनि कार्यान्वयनमा आएको छैन। नेपाल पक्षले बहिष्कार गरेको शुक्रबारको बैठकले सहमति कार्यान्वयन गर्ने निर्णय गरेको हो।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका