सर्वसम्मत नेतृत्व चयनको बाटोमा एमाले
काठमाडौं : एमालेले पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म थप गरेको छ। केन्द्रीय कमिटीको अन्तिम बैठकले पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म थप गरेको हो। यससँगै १० औं महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयनको बाटो तय भएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।
नयाँ व्यवस्थाअनुसार अब केन्द्रीय कमिटी ३ सय १ सदस्यीय हुने भएको छ। यसअघि २ सय २५ सदस्यीय केन्द्रीय कमिटीको व्यवस्था गरिएको थियो। विधान महाधिवेशनबाट हटाइएको पोलिटब्युरोसमेत राखिएको छ। पोलिटब्युरो ९९ सदस्यीय हुने भएको छ।


